सञ्चालकहरूको लापरवाहीको शिकार सहकारी अभियान बन्यो: मुख्यमन्त्री अधिकारी

पाेखरा | जेठ ४, २०८१

सञ्चालकहरूको लापरवाहीको शिकार सहकारी अभियान बन्यो: मुख्यमन्त्री अधिकारी

पोखरा:    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूले गरेको लापरवाहीको शिकार सहकारी अभियान भएको बताउनुभएको छ । 


नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को आयोजना तथा सहकारी विभागको साझेदारीमा पोखरामा शुक्रबार आयोजना गरिएको ‘साकोस जोखिम विश्लेषण कार्यशाला’लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।


 नियामक निकायले चेतावनी दिने, प्रोत्साहन गर्ने काम नगरी सहकारी अभियान्तामाथि दोष थुपारेर मात्र समस्याको समाधान नहुने उहाँको भनाई छ । आर्थिक नियमको उल्लघन गर्ने सञ्चालकले नै सहकारी क्षेत्रमा समस्या ल्याइदिएको उहाँको दावी छ ।


‘कहिले व्यवस्थापकले सञ्चालकको काम गरिदिएको हुन्छ, कहिले सञ्चालकले व्यवस्थापकको काम गरिदिएको हुन्छ, कहिलेकाही लेखा सुपरिवेक्षण नै नाम मात्रको हुन्छ’ उहाँले भन्नुभयो ।


सहकारी अभियान समाप्त भयो भने संविधान नै अपूरो हुने भन्दै सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्दै ठीक अवस्थामा राख्नको लागि सबैले ध्यान पु¥याउनुपर्नेे बताउनुभयो ।


‘सहकारी अभियान समाप्त भयो भने संविधान नै अपुरो हुन्छ, त्यसतर्फ सेयरसदस्य, मन्त्रीदेखि प्रधानमन्त्रीसम्म र हामीसम्म सबैले ध्यान पु¥याउनै पर्ने विषय छ’ मुख्यमन्त्री अधिकारीले थप्नुभयो ।


सहकारी क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा भएको कारण लगानी सही ठाउँमा हुन नसकेको र दोहोरोपना देखिएको खुलाउनुभयो ।


‘सेयर सदस्यलाई थाहा छैन, आउनुहोस् ऋण दिइहाल्छु भन्यो, अस्वस्थ प्रतिष्पर्धा देख्छु म’ उहाँले भन्नुभयो ।


सेयर सदस्यले समेत सहकारीको विषयमा चासो राख्नुपर्नेमा उहाँको जोड छ । नयाँ प्रवर्तनका कामहरु रोजगारी सिर्जनाका कामहरु संस्थाले गरेको छ छैन भन्नेमा सेयर सदस्यको चासो हुनुपर्नेमा उहाँको जोड थियो ।


‘बोनस बाँड्ने काम हुन्छ, पोहोर घट्यो अहिले बढ्यो भन्ने बाहेक सेयर सदस्यलाई धेरैँ चासो हुँदैन, कहिलेकाही व्यानर टाँसेर घुमाइन्छ, के–के भइरहेको छ भन्ने चासो पनि छैन’ उहाँले भन्नुभयो ।


सञ्चालकहरूको लापरवाहीको शिकार पोखराको सहकारी अभियान भइरहेको भन्दै सहकारीबाट अर्बौँको रकम अपचलन भएको कारण राजनीतिक वृत्तमा पनि ठुलो चुनौती खडा गरेको सुनाउनुभयोे ।


राजनीतिक तहमा सहकारीको बारेमा नबुझ्नेहरु हुँदा समेत समस्या भएको नेकपा (एमाले) को स्थायी कमिटी सदस्य समेत रहनुभएका उहाँले बताउनुभयो । सहकारी क्षेत्रमा देखिएका जोखिम पत्ता लगाउन नेफ्स्कुनले तयार पारेको इन्डीकेटरले कतिको काम गर्छ आफूले हेरिरहेको उहाँले खुलाउनुभयो । यथार्थ विवरण सहित सहकारीमा देखिएका समस्याको समाधान गर्न कार्यशालाले सघाउने विश्वास उहाँको छ ।


सहकारीको जोखिम स्तर विश्लेषण गर्न सक्ने बनाउने लक्ष्यका साथ आयोजना भएको कार्यशालमा नियमित अनुगमन नभएका ३२ वटा संस्थाको प्रतिनिधित्व रहेको नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । २०४५ सालमा स्थापना भएको नेफ्स्कुन ७६ जिल्लामा फैलिएको छ । यसका ४ हजार ६ सय ५० जना प्रत्यक्ष सदस्य रहेका छन् ।


 

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्